काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
अब यो बैंकको हकप्रदमा फागुन १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ भने यसअघि आवेदनको अन्तिम म्याद आज माघ २७ गते बैंकिङ समयसम्म तोकिएको थियो ।
गत माघ ७ गतेबाट बैंकले सेयरधनीहरुका लागि १५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको छ । बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद जारी गरेको छ भने १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गरेको हो ।





















प्रतिक्रिया