शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले संस्थाको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले लाभांश प्रस्ताव पारित गर्न २९ मंसिरमा १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।…