Logo

मङ्गलबारदेखि सेयर बजार खुल्ने

आगामी मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिएका छन् । चैत १० गतेदेखि धितोपत्र बजार बन्द गरिएको थियो । बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मङ्गलबारदेखि दैनिक ११ः०० देखि १ः०० बजेसम्म सेयर कारोबार हुने…