काठमाडौं । नबिल बैंकले दसैँलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट सटही गर्ने भएको छ। बैंकले उपत्यकाका पाँच शाखाबाट नोट सटहीको व्यवस्था मिलाएको हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नयाँ नोट वितरण गर्ने व्यवस्थाबमोजिम नबिल बैंकले नोट सटहीका लागि शाखा तोकेको जनाएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सर्वसाधारणले असोज २७ देखि २९…