तनहुँ । तनहुँको झाँगाझोली क्षेत्रमा रहेको झाँगाझोली भिलेज रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीहरूका लागि आकर्षणको गन्तव्य बन्दै गएको छ। प्राकृतिक वातावरण, शान्त परिवेश र स्थानीय मौलिकतासँगै पर्यटकलाई आवश्यक आतिथ्य प्रदान गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा अवस्थित रिसोर्टले पर्यटकलाई आरामदायी बसाइसँगै मनोरञ्जन र पारिवारिक वातावरण उपलब्ध गराउँदै आएको छ।…