Logo

एउटै गाउँबाट दुई करोडको सुन्तला बिक्री

तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन्। सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ। बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका उनले…