काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र बैजनी रङको मूल डिजाइन साविककै राखिएको छ भने फिक्का हरियो रङको घेरा कायम गरिएको छ । नयाँ नोटमा पानीछाप, रङ परिवर्तन हुने सुरक्षा धागोलगायत थप सुरक्षात्मक विशेषता समावेश गरिएको…