काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी अल न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ । यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ पुस्ताको आधुनिक कम्प्याक्ट एसयूभीलाई नजिकबाट अनुभव गर्न पाउने भएका छन्। अल न्यु भेन्युमा बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र पर्फर्मेन्सको संयोजन गरिएको छ । गाडीको बाहिरी डिजाइनमा…