Logo

अर्थ

नेप्सेमा लक्ष्मी सनराइज डिबेन्चर २०९२ सूचिकृत



काठमाडौं । नेप्सेमा लक्ष्मी सनराइज डिबेन्चर २०९२ सूचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ३०,००,००० कित्ता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज १ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो । उक्त ऋणपत्रको दोस्रो बजारमा असोज ८ गतेबाट कारोबार सुरु हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।