काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच मंगलबार सम्पन्न भएको छ । पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालले एक समारोहका बीच वार्षिकोत्सब मूल कायक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष ढकालले राज्य तथा रोजगारदाताले श्रमिकको रोजगारी र सेवासूविधामा ध्यान पूर्याउन सके उत्पादकत्व वृद्धिमा स्वतः सहयोग पूग्ने बताए ।…