काठमाडाैं । काठमाडाैंकाे पुरानाे बसपार्कमा निर्माण भइरहेकाे ‘काठमाडौँ भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाललाई प्रहरीले शुक्रबार अनामनगरबाट पक्राउ गरेको हाे । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।