Logo

नेप्सेमा ६ प्रतिशतले गिरावट, आजको बजार बन्द

शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएपछि मंगलबारको कारोबार स्थगित गरिएको छ । १ बजेर १३ मिनेटमैं नेप्से ६ प्रतिशतले ओरालो झरेपछि कारोबार स्थगित गरिएको हो । कोरोना त्रासका कारण संसारभरिका ठूला स्टक एक्सचेन्जहरूमा आएको भारी गिरावटलाई नेप्सेले पनि पछ्याएको देखिएको छ । बजारमा पहिरो जान थालेपछि मंगलबार तीन पटक सर्किट ब्रेकर लागेको थियो ।…