काठमाडौं । दक्षिणकाली नगरपालिका-१, चाल्नाखेलका हरिप्रसाद बुढाथोकी खुला विद्यालयमा पढेर अहिले एसईईको परिक्षामा सहभागी भइरहेका छन् । कलेज पढेर आफ्नै खुट्टामा उभिने सपना देखेका हरिप्रसाद शारीरिक अवस्थाका कारणले हातले लेख्न नसके पनि खुट्टाले कलम चलाउँछन् । प्यारालाइसिसका कारण उनले पढाइ बीचमै छाड्नु परेको थियो । तर पछि पढ्ने इच्छा व्यक्त गरेकाले पढाइ छाडेको ८-९ वर्षपछि…