Logo

प्रमुख समाचार

हरिप्रसादले खुट्टाले लेखेर एसईई दिए



काठमाडौं । दक्षिणकाली नगरपालिका-१, चाल्नाखेलका हरिप्रसाद बुढाथोकी खुला विद्यालयमा पढेर अहिले एसईईको परिक्षामा सहभागी भइरहेका छन् ।

कलेज पढेर आफ्नै खुट्टामा उभिने सपना देखेका हरिप्रसाद शारीरिक अवस्थाका कारणले हातले लेख्न नसके पनि खुट्टाले कलम चलाउँछन् ।

प्यारालाइसिसका कारण उनले पढाइ बीचमै छाड्नु परेको थियो । तर पछि पढ्ने इच्छा व्यक्त गरेकाले पढाइ छाडेको ८-९ वर्षपछि उनी खुला विद्यालयमा भर्ना भएको उनका भतिजा प्रशान्त बुढाथोकीले बताए ।

यस पटकको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०७:४०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।