काठमाडौं । सर्वोच्च अदालतले निजी विद्यालयमा नेपाली भाषा बोल्दा विद्यार्थीलाई कारबाही वा जरिवाना नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले विद्यालयहरूलाई यस्ता कार्य नगर्न स्पष्ट निर्देशन दिएको हो । कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिवाना उठाउने गरिएको…