तनहुँ, कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट प्रवाह गर्ने सेवा बन्द भएको छ । बुधबारदेखि ९ माघसम्म कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए । गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा गरेर १३ जनालाई मंगलबार कोरोना पुष्टि भएको उनले बताए । उनका अनुसार गाउँपालिकाका ६० जनाको…