Logo

समाचार

कर्मचारीमा कोरोना संक्रमणपछि गाउँपालिकाको सेवा स्थगित



काठमाण्डाैँ । इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ ।

गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत नौजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको हो । 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १३:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।