नव नियुक्त स्वाथ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले त्यसविरुद्ध जुध्नका लागि सरकारले आवश्यक तयारी सुरु गरिसेकेको बताएका छन् । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने जनस्वास्थ्यविद्हरुले बताउँदै आएकाले सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उनको भनाइ छ । बालबालिकाको उपचारका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालय…