थुप्रै मानिसमा शरीरिक सम्बन्धका बारेमा अनेकन भ्रम हुन्छन् । यस्तै भ्रम मध्येको एक हो कुन समयमा शरीरिक सम्बन्ध राख्दा राम्रो हुन्छ । अध्ययनका अनुसार रातिको समयभन्दा बिहान सेक्स गर्दा राम्रो हुन्छ ।
अहिले त चिसो मौसम छ । शारीरिक सम्बन्ध राख्दा न्यानो प्रदान हुनुका साथै फ्रेस पनि पार्छ । बिहानै चिसो मौसममा उठ्न धेरैलाई मन लाग्दैन । यदि तपाई बिवाहित जोडि हुनुहुन्छ भने बिहानको बिहानको समयमा शारीरिक सम्बन्ध राखेर न्यानो पैदा गर्न सक्नुहुन्छ ।
थुप्रै अध्ययनले रातकोभन्दा बिहानको समयमा सेक्स गर्दा निकै फाइदा पुग्ने देखाएका छन् । बिहानको समयमा पार्टनरको शरीर आफ्नो उर्जाको स्रोत बन्न सक्छ ।
विहानको बेला उर्जाले भरिएको हुन्छ शरीर । अचेल मानिसहरू दिनभरको दौडधुपले थाकेका हुन्छन् । आफ्नो परिवार र बच्चाका लागि समय दिने फुर्सद नै हुँदैन । बिहानै निस्केको मानिस राति मात्रै घर आउँछ । खाना खाने वित्तिकै थाकेको शरीर सुत्न खोज्छ । श्रीमति पनि घरमा दिनभरको कामले थाकेका हुन्छन् ।
जसले गर्दा उनीहरूको सेक्स लाइफ दिनकै निरास हुँदै जान्छ । यस्तो दिनचर्यामा थाकेको पुरुष सेक्स गर्नेवित्तिकै थाक्छ । तर, यसको बिपरित बिहानको समयमा सेक्स गर्ने हो भने शरीरमा इनर्जि हुन्छ । र, उनीहरूले शारीरिक सम्बन्धबाट भरपुर आनन्द लिन सक्छ ।
सेक्सले आनन्द मात्र दिने नभएर तनाव भगाउने काम पनि गर्छ । एक रिसर्चका अनुसार बिहानको समयमा सेक्स गर्दा अक्सिटोनिस नामको हार्मोन बन्छ । जसले मानिसमा तनाव कम गर्न मद्दत गर्छ । यही हार्मोनका कारण मानिस शारीरिक सम्बन्धको समयमा कुनै अरु तनावबाट टाढा हुन पुग्छ । र, शारीरिक रूपमा पुरै सन्तुष्ट रहन पुग्छ । जसले शरीरमा रिल्याक्स पैदा गर्छ ।
पुरुषमा बन्ने टेस्टोटेरोन हार्मोन एक महत्वपूर्ण हार्मोन हो । यसै हार्मोनका कारण पुरुषमा पुरुषत्व विकास हुन्छ । जस्तोकी दाडिजुंगा आउनु आदि । थुप्रै अध्ययनका अनुसार बिहानको समयमा सेक्स गर्दा टेस्टोटेरोन बढ्न पुग्छन् । यसका कारण योनाङ्गमा कडापन आउने हुन्छ । जसले आफ्नो योन साथिको इच्छा पुरा गर्न सहयोग पुग्छ ।
बिहानको समयमा सेक्स गर्दा हामी तनाव मुक्त हुन पुग्छौं । जसको सिधा असर हाम्रो अनुहारमा पर्छ । मानिस तनाबमा हुँदा पिम्पल र अनुहारमा रुखोपन आउँछ । तर, बिहानको समयमा सेक्स गर्दा फ्रेसपन मिल्छ । जसले गर्दा मानिस दिनभर फ्रेस रहन्छ ।
बिहानको सेक्सले बढी फाइदा पुरुषलाई पुग्छ । बिहानको समयमा सेक्स गर्दा बिर्य बढ्छ । बिहानको समयमा सेक्स गर्दा बिर्य बढ्ने मात्र नभएर यसको गुणत्वमा समेत विकास हुन्छ । अनुसन्धानका अनुसार बिहानको समयमा सेक्स गर्दा गर्भाधारणमा मद्दत पुग्ने देखिएको छ ।
डाइबेटिजको जोखिमलाई कम गर्न पनि सेक्सले मद्दत गर्छ । शारीरिक सम्पर्क राख्दा रक्तप्रवाह बढ्ने हुन्छ । बिहानको फ्रेस समयमा सेक्स गर्दा रक्तप्रवाह बढ्दा शरीरमा स्फुर्ति बढ्छ । नवभारत टाइम्सबाट





















प्रतिक्रिया