Logo

स्वास्थ्य

सरकारले कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी थालिसक्यो : स्वास्थमन्त्री तामाङ



नव नियुक्त स्वाथ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले त्यसविरुद्ध जुध्नका लागि सरकारले आवश्यक तयारी सुरु गरिसेकेको बताएका छन् । 

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने जनस्वास्थ्यविद्हरुले बताउँदै आएकाले सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उनको भनाइ छ । 

बालबालिकाको उपचारका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालय जुटिसकेको पनि मन्त्री तामाङले सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए । 
कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल हालै जारी अध्ययादेश अनुसार सञ्चालन हुने पनि उनले बताएका छन् । अध्यादेशमा प्रष्टसँग कोरोना महामारी नसकिँदासम्म वीर अस्पताललाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल रहने व्यवस्था गरेको उनले बताए ।

यस्तै हाल स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको बताउँदै उनले स्वास्थ्य बिमालाई विशेष प्राथमिकता दिएर प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।