काठमाडौं । राष्ट्रिय महिला आयोगले विभिन्न आइसोलेशन सेन्टरको स्थलगत अनुगमन गर्नाका साथै त्यहाँबाट प्रदान गरिने कोरोना उपचार सेवाका बारेमा आज अनुगमन गरेको छ । आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीको नेतृत्वको टोलीले ललितपुर महानगरपालिकामा रहेका दुई आइसोलेशन सेन्टरको स्थलगत अनुगमन गरी जानकारी लिएको छ । अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२६, सुनाकोठीमा अवस्थित नेपालयुथ फाउन्डेसनले ललितपुर महानगरपालिकासँगको सहकार्यमा कोभिड–१९…