Logo

स्वास्थ्य

काठमाडौँ उपत्यकामा ४० हजार बढी सक्रिय सङ्क्रमित



काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३ सय ४६, ललितपुरमा ४ सय ५४ र भक्तपुरमा २९८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

उपत्यका भित्र आइसोलेसनमा बस्ने बिरामीको सङ्ख्या १ हजार ६ सय ३६ रहेको छ भने अइसीयु र भेन्टिलेटरमा रहेकाहरूको सङ्ख्या क्रमशः २ सय ४३ र १ सय ३३ रहेको छ ।

मन्त्रालयका अनुसार हाल उपत्यकामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ७ सय ७४ रहेको छ । जसमध्ये काठमाडौँ जिल्लामा  २८ हजार ५ सय २७, भक्तपुरमा ५०७६ र ललितपुरको ७१७१ रहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार १८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।