Logo

स्वास्थ्य

२४ घण्टामा ८७५९ जनामा संक्रमण



नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा हालसम्मकै धेरैको संख्यामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षणमा ८ हजार ६०५  र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभर २० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट परीक्षण गरिएको उनले जानकारी दिए ।

थप ५८ जनाको मृत्यु

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भएर मृत्यु भएको संख्या हालसम्मकै उच्च थप ५८ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७५  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।