कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आगामी शैक्षिक योजना सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारबाट पाँच सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति प्राप्त भएको जानकारी दिनुभयो । प्रतिष्ठानले विश्वविद्यालयस्तरको मान्यता पाएको भन्दै उहाँले…