Logo

स्वास्थ्य

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु भएको छ।   पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। 

यस्तै, बुधबार नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ भने संक्रमितमध्ये ९९ हजार ६०५ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २९९६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार  ४ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।