नेपाली सेनाले चीन सरकारसँग जिटुजी माध्यमबाट खरिद गरेका मेडिकल सामग्रीअन्य व्यापारी घरानाले चीनबाट नै खरिद गरेर ल्याएका सामानको तुलनामा निकै महँगो पर्न गएको भेटिएको छ। यस्तो मूल्य अन्तरले जिटुजी प्रक्रियाभन्दा प्रतिस्पर्धाबाट गरिएको खरिद बढी पारदर्शी भएको र सस्तो पनि पर्न गएको सरकारी अधिकारीहरु बताउँछन्। नेपाली व्यापारीले चीनबाट खरिद गरेको सामानको मूल्य र जिटुजी प्रक्रियाबाट खरिद…