Logo

प्रमुख समाचार

थप ३ सय १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो



नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ । आज ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संख्या थपिएको जानकारी दिएका हुन् । आज संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् ।

यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले १४ जना संक्रमितको मृत्यु भइसकेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।