विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइमा 'राष्ट्रका लागि युवा' संस्थाका स्वयंसेवकहरू अग्रपंक्तिमा खटिरहेका छन् । कोरोना महामारी विरुद्ध नेपालमा लकडाउन सुरु भएसँगै सक्रिय भएको यो संस्थाले उपत्यकाका थानकोट, कोटेश्वर, जोरपाटी लगायतका ठाउँहरूमा अस्थायी हेल्थ डेक्सको स्थापना गरेर नागरिकहरूको स्वास्थ जाँच गरिरहेको छ भने कोरोना संक्रमणको शंका लागेकाहरूलाई शुक्रराज ट्रपिकल तथा सरुवा…