नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले लकडाउनमा परि गुजारा चलाउन समस्यामा परेका काठमाडौंमा डेरा गरी बस्ने उदयपुरे २०० परिवारलाई राहात प्रदान गरेका छन् ।
मुलुकमा एक्कासी लकडाउन भई घर जान नपाएका न्यून आय भएका परिवारका विद्यार्थी र दैनिक ज्यालादारीमा काम गर्ने मजदूर समस्यामा परेपछि थापाले सहयोग गर्नुभएको हो । काठमाडौंको डल्लु, स्वयंभू , बलाजु,बनस्थली, सितापाईला ,कलङ्की, सातदोबाटो, ग्वार्को, कपन, आरुबारीमा डेरा गरी बस्ने जिल्लाबासी लाई खाद्यन्न पुर्याईएको थियो । एक परिवारलाई १२ केजी पाँच सय ग्राम चामल, परिवारको अवस्था हेरी कसैलाई २५ केजी पनि थियो ।
आलु, प्याज र हरियो तरकारी गरी १० केजीको प्याकेज तथा दाल, वितरण गरिएको थियो । नविन थापा र जुजु काजीको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले हरियो तरकारी उपलब्ध गराएको थियो ।
जिल्लाबाट उपचारको क्रममा आएका र बिखर्ची भएका बिरामी, एकल महिला, सुत्केरी दैनिक न्यून ज्यालादारीमा काम गर्ने मजदूरलाई समेटेर तत्काल राहातको आवश्यकता हेरी सूची तयार गरेर राहात घरघरै पुर्याइएको हो ।
संयोजन तथा सहजिकरण विद्यार्थी नेता शैलेस लामा सरोज थापा, नारदमणी बास्तोला, रिता थापा, खड्ग बहादुर मगरले गरेका थिए । जिल्लाबासी साथीहरुको सामुहिक सहयोगमा एउटा कोष खडा गर्ने र त्यही कोषबाट समस्यामा परेकालाई सहयोग गर्ने भन्ने कुराकानी हुँदै थियो, यो प्रक्रिया गर्दा अलि लामो होला जस्तो लाग्यो, तत्काल सहयोग गर्नुपर्ने देखेर गरेको हुँ कुराकानीको क्रममा थापाले बताए ।
कोरोना भाइरसको महामारीले संसार नै चपेटामा परेको यो बेला मानवीयताको नाताले पार्टी भन्दा माथी उठेर सबैले आ आप्mनो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने थापाको धारणा छ ।




















प्रतिक्रिया