नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ पुगेको छ । आज एकै दिन तीन नयाँ संक्रमित भेटिएका हुन् । तीनैजना भारतीय नागरिक हुन् । वीरगञ्जमा भेटिएका उनीहरु मुस्लिम धर्मगुरु भएको बुझिएको छ । संक्रमित तीनैजनालाई अस्पतालमा लगिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए र शंका लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखिएका…