Logo

प्रमुख समाचार

नेपालमा थप ३ जना भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या १२ पुग्यो



नेपालमा थप ३ जनाको कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा परीक्षण गर्दा आशका गरिएका ३ जनाको काठमाडौंको टेकु अस्पतालको ल्यापकमा परीक्षण गराउदा पुन पोजेटिभ देखिएको हो ।

‘हिजो दिउसो ११ बजेको रिपोर्ट पोजेटिभ देखिएपछि पुन गरियो, पुन पोजेटिभ देखिएको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले केहीबेरमा पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने भएको छ ।

वागमती प्रदेशको राजधानी हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने निर्क्यौल गर्न नसकेपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार ०९:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।