Logo

प्रमुख समाचार

कोरोना संक्रमितहरूको टेष्टको रिपोर्ट नेगेटिभ देखिए डिस्चार्ज गर्ने तयारी



कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित ४ जनालाई डिस्चार्जको तयारी थालिएको बुझिएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत उनिहरू अस्पताल बसेको पनि २१ दिन पूरा हुन लागेको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले संक्रमितको अवस्था सामन्य रहेको र उनिहरूको परिक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने जानकारी दिएका छन् । अन्तिम टेष्टको रिपोर्ट दुईदिनभित्र आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने उनको भनाइ छ । टेकु अस्पतालमा अहिले ९ जना कोरोना संक्रमितको उपचार भै रहेको छ ।

यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ । अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको छ भने अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।