त्रिभुवन विश्वविद्यालय एशियाका तीन सय उत्कृष्ट विश्वविद्यालय भित्र पर्न सफल भएको छ । बेलायत स्थित द टाइम्स् हाइयर एजुकेशनले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिविको स्थान २५१ माथि देखि ३०० मुनिको स्तरमा सूचीकृत रहेको उल्लेख छ । विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो ।…