लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ। मंगलबार सुनुवाइको मिति तोकिए पनि अन्य रिटसमेत परेको कारण सुनुवाइ सारिएको हो । न्यायाधीशद्वय डम्बरबहाहदुर शाही र दीपककुमार कार्कीको इजालसले सबै रिट निवेदन एकसाथ हेर्ने भन्दै सुनुवाइ सार्ने आदेश जारी गरेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए। अर्को…