नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम पौडेलको शुक्रबार बिहान निधन भएको छ।उनको हृदयघातबाट निधन भएको जानकारी नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा मार्फत यसको जानकारी दिएका हुन्।
उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।
यो पनि पढ्नुहोस्
पूर्वशिक्षा मन्त्री पौडेल भन्छन्, ‘शैक्षिक बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली बदल्नुपर्छ’
पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले अभिभावक दिवसका अवसरमा आयोजना बोल्दै उनले सो कुरा बताएका हुन् । अझै पनि शिक्षा जीवनउपयोगी नभई शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वमन्त्री पौडेलले विज्ञान र प्रविधिको उच्च विकास भएको आजको विश्वसँग प्रतिस्पर्धा गर्ने र आफ्नो समाजसँग पनि जोडिने शिक्षा अहिलेका बालबालिकालाई प्रदान गर्नुपर्ने बताए । उनले भने, “शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न सक्ने शिक्षा प्रणाली आजको आवश्यकता हो ।”
विद्यालयले विद्यार्थीहरुको सिर्जनशिलता र अभिभावकको भावना, आकांक्षा र चाहना र राष्ट्रको आवश्यकता पूरा गर्ने गरी शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्ने पूर्वमन्त्री पौडेलको भनाई थियो । अहिलेका अभिभावकहरु आफ्ना बालबालिकाको सिकाई प्रक्रियासँग जोडिन नसकेको उल्लेख गर्दै उनले अभिभावकहरुले ध्यान नदिँदा नै बालबालिकाको सिकाई पूर्ण नहुने र उनीहरु कुलतमा लाग्ने खतरा बढेको बताए ।
उनले भने, “बालबालिकालाई विद्यालय पठाएर मात्र अभिभावकीय कर्तव्य पूरा हुँदैेन, विद्यालयमा शैक्षिक वातावरण छ कि छैन, आफ्नो बच्चाहरु के गरिरहेका छन्, उनीहरुको शैक्षिक सुधार के कस्तो भइरहेको छ भन्ने कुरा अभिभावले जानकारी लिनुपर्दछ । तबमात्र कलिला मस्तिष्कले सही बाटो पकड्न सक्दछ ।”
उनले निजी विद्यालयहरुले पनि अरु व्यवसाय जस्तो नभई सार्वजनिक सेवा नै भएको उल्लेख गर्दै निजी विद्यालयको शिक्षा क्षेत्रमा सकारात्मक योगदान रहेको बताए ।
साहारा जस्तै देशमा धेरै स्वरोजगारमूलक विद्यालयहरु रहेको र तिनले आफ्नो ठाउँबाट राज्यको शैक्षिक दायित्वमा सहयोग पुर्याएको उनको टिप्पणी थियो । साहारा नेशनल स्कूलले शनिवार छैटौ अभिभावक दिवस तथा वार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले विविध गीत तथा नृत्यका साथै आआफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।




















प्रतिक्रिया