Logo

स्वास्थ्य

शिक्षकले बेहोस हुने गरी विद्यार्थी कुटे



सलार्हीमा शिक्षकको कुटाईबाट ६ विद्यार्थी बेहोस भएका छन । जिल्लाको बरहथवा नगरपालिका १ हजरियामा अवस्थित बाग्मती सामुदायिक बिद्यालयका शिक्षकले बेहोस हुने गरि कुटेका हुन ।

जसका कारण कक्षा १ देखी तीन सम्मका छ जना विद्यार्थी घाइते भएका छन। प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान प्रार्थना गर्ने सिधा लाईनमा नबसेको भन्दै बिद्यार्थीमाथी निर्घात कुटपिट गरेको आरोप अभिभावकको छ ।

प्रधानध्यापक रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी लगायत उनीसगै पढने अरु पाँच जनाको शरीरको विभिन्न ठाँउमा गहिरो चोट लागेको छ।बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी,राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते थिए ।

घाइतेको बरहथवामा रहेको भेनस हेल्थ कियर सेन्टरमा उपचार भैइरहेको छ । प्रअ यादवले अनुसाशन कायम गराउन बिहान लाइन राख्ने बेला सामान्य मात्र कुटेको तर त्यसरी बेहोस हुने गरी नकुटेको दावी गरेका छन। कमजोर बिधार्थी भएकाले गर्मीको कारण बेहोस भएको उनको भनाइ छ।घरबाट विद्यालयका पढन गएका छोराछोरीमाथि निर्घात कुटपिट गर्ने शिक्षकलाइ कारबाही हुनुपर्ने अभिभावकले माग राखेका छन ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०५:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।