ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ ।ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेका हुन् ।
‘नेपाली डाक्टर र नर्सलाई ओमनलाई चाहिएको छ,’ भेटमा मन्त्री सादीले राजदुत पराजुलीसमक्ष भने, ‘त्यसका लागि राजदुताबासले आवश्यक सहयोग गर्नु पर्यो ।’
‘नेपालबाट पनि डाक्टर र नर्सहरु ओमनमा ल्याउनुपर्छ,’ मन्त्री सादीले भने, ‘नेपाल पनि ओमनका लागि स्रोत देश बन्न सक्छ ।’ अहिले ओमनले भारत लगायतका देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको छ ।
साथै भेटमा मन्त्री सादीले नेपाल र ओमनसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।
‘हामी देशका स्वास्थ्य र त्यसका प्रविधि साटासाट र अनुभव पनि आदानप्रदान गर्न सक्छौं,’ भेटमा मन्त्री सादी भने ।
जवाफमा राजदुत पराजुलीले जिटुजी मार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन् । नेपाल र ओमनबीच छिट्टै श्रम समझदारी हुदैँछ । कतिपय विषय त्यसमा नै समेट्न पनि सकिने राजदुत पराजुलीले बताएकी छिन् ।
भारतीय प्रहरी नेपाल छिरेको भन्दै राजमोको आपत्ति
राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ ।
मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर अर्को देशको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताएका छन् । साथै उनले यस्तो काम स्वतन्त्र र सार्वभौम देशविरुद्धको कुरा भएको बताएका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ? यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बताउँछ । स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्र्राष्ट्रिय कानुनहरुले निश्चित गरेका छन् । कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्दछ ।’
यो घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको रबैयालाई थप उजागर गरेको जनमोर्चाले जनाएको छ । आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको व्यवहार निन्दनीय भएको भन्दै जनमोर्चाले भ्रत्र्सना गरेको छ । यस विषयबारे आवश्यक छानबिन र कारबाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।




















प्रतिक्रिया