सांसदहरुले स्थानीय तहका लागि भएको कर्मचारी भर्ना सम्बन्धी विज्ञापन संविधानको भावनाविपरित भएको भन्दै तत्कालका लागि स्थगित गर्न माग गरेका छन्। सिंहदरबारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उनीहरुले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म विपरीत भएको भन्दै सच्याउन माग गरेका हुन्। सत्तारुढ दल नेकपा सांसद रेखा शर्माले समावेशीता भन्दा पनि ठुलो कुरा सरकारले स्थानीय तहको अधिकार…