जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले विश्व बिद्यालय अनुदान आयोगद्धारा गुणस्तर सुनिश्चितताको प्रमाण पत्र (क्यु.ए.ए) प्राप्त गरेको छ । क्याम्पसले २०७६ जेठ १२ गते क्यु.ए.ए. प्राप्त गरेपछि बुधबार बिशेष कार्यक्रमको आयोजना गरी क्याम्पस प्राङ्गणमा खुसीयाली मनाएको छ ।
क्याम्पसले (क्यु.ए.ए.) प्राप्त गरेको खुसियालीमा क्याम्पस सञ्चालक समिति, पूर्व क्याम्पस प्रमुखहरु, प्रध्यापक, बिद्यार्थी, समाजसेवि, स्थानीयहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधि लगायतको सहभागीतामा सदरमुकाम तम्घासमा बाजागाजा सहित र्याली समेत निकालिएको सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

अब क्याम्पसबाट प्राप्त हुने सर्टिफिकेट अन्तर्राष्ट्रियस्तरको सर्टिफिकेट बन्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष शालिकराम पन्थीले बताए। उनले भने -हामी क्याम्पस स्थापना हुँदा खेरी खुसी भयौँ । अनि अहिले क्याम्पसले क्यु।ए।ए सर्टिफिकेट प्राप्त गर्दा हामी खुसी भएका छौँ ।’
पन्थीले अब क्याम्पसको भौतिक निर्माणका लागि सहयोग प्राप्त गर्ने बताए। भने क्याम्पसको पठनपाठनमा राम्रो गर्न सकिने, विपन्न वर्गका लागि सहयोग गर्ने वातावरण सिर्जना हुने उनको भनाई छ । क्याम्पसमा स्नातकतहको कुनै पनि प्राविधिक शिक्षा सञ्चालनका लागि यसले ढोका खोलेको बताए ।

क्याम्पस प्रमुख हरी बहादुर खत्रीले अब क्याम्पसबाट उत्पादन हुने जनशक्ति अन्तर्राष्ट्रिय रुपमा दक्ष छ भन्ने प्रक्रिया क्याम्पसले प्राप्त गरेको बताए ।
‘कुनै पनि वस्तु उत्पादन गरेर अन्तर्राष्ट्रिय रुपमा त्यसलाई बेच्नका लागि योग्य छ भनेर अन्तर्राष्ट्रिय गुणस्तर मापन चिह्न प्राप्त हुन्छ । त्यसरी नै कुनै शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमतामा त्यो दक्ष भन्ने प्रमाणिकरण गर्ने प्रक्रिया नै क्यु.ए.ए हो ।’ प्रमुख खत्रीले बताए ।




















प्रतिक्रिया