जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-१० स्थित बोहोरा गाउँमा १२ करोड रुपैयाँको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए । आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न सङ्घीय सरकारले बजेट विनियोजन…