Logo

प्रमुख समाचार

कोरोनाभन्दा १०० गुणा बढी खतरनाक वर्ड फ्लुको सङ्क्रमण !



एजेन्सी । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ। एच.एन. भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ।

पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन्। एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा. सुरेश कुचिपुडीले दिएका छन्। कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ।

वर्ड फ्लुको सङ्क्रमण विश्वका धेरै ठाउँमा रहेको र धेरै सङ्ख्यामा स्तनधारी जीवलाई यसले सङ्क्रमित बनाइरहेको छ। भाइरसविरुद्ध तयारी गर्ने बेला आएको अन्यथा अवस्था गम्भीर हुन सक्ने उनी बताउँछन्। वर्ड फ्लुको सङ्क्रमण कोरोना महामारीभन्दा खतरनाक साबित हुनसक्ने भन्दै समाचारहरूमा अर्का विज्ञलाई उद्धृत गरिएको छ।

वर्ड फ्लुको महामारी कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्ने दाबी उनले गरेका छन्। वर्ड फ्लुको महामारीमा मृत्युदर कोरोनाको भन्दा धेरै हुने र भाइरस म्युटेट हुन थाल्यो भने यसले गम्भीर रूप लिने खतरा रहेको पनि बताइएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १०:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।