Logo

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद। कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको छ। पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै टेक–अफ गर्दा प्राविधिक समस्या कारण दुर्घटनाग्रस्त भएको  त्यहाँको सेनाले विज्ञप्ति मार्फत जनाएको छ। सेनाले मृतकको सङ्ख्या उल्लेख नगरी जहाजमा सवार रहेका सबै जनाको मृत्यु भएको जनाएको छ।