एजेन्सी । इजरायली हवाई आक्रमणमा मंगलबार गाजा सहरको पश्चिमतर्फ समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेमा चार हमास सदस्यसहित आठ प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमणमा थप १० जना घाइते भएका छन्, जसमध्ये अधिकांश गर्मीबाट केही राहत खोजिरहेका महिला र बालबालिका पनि छन्। प्रत्यक्षदर्शी इब्राहिम घत्तासले घटनास्थलको भयावह दृश्यबारे बताउँदै भने, ‘हामी त्यहाँ सुरक्षित रूपमा बसिरहेका थियौँ।…