न्युयोर्क। अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली आँधीसँगै परेको अविरल वर्षाका कारण तटीय क्षेत्रहरू जलमग्न भएका छन्। तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति तथा यातायात सेवासमेत प्रभावित भएका छन्।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार शनिबार न्युयोर्क सहर, बोस्टनलगायतका क्षेत्रमा तीव्र हावाहुरीसहित भारी वर्षा भएको थियो। आँधी र बाढीको जोखिम बढेपछि न्युयोर्क र न्युजर्सीमा आपत्कालीन अवस्था घोषणा गरिएको छ।
बीबीसीका अनुसार दुवै राज्यका केही तटीय क्षेत्रमा बाढीको अवस्था अझै कायम छ। न्युजर्सीको सर्फ सिटीमा सडक जलमग्न भएपछि स्थानीय बासिन्दा बाढीको पानीबाटै आवतजावत गरिरहेको दृश्य सार्वजनिक भएका छन्।
मौसम सेवाले भर्जिनियादेखि मेनसम्मका क्षेत्रमा थप वर्षा र शक्तिशाली आँधीको सम्भावना रहेको जनाएको छ। लगातारको वर्षा र तीव्र हावाका कारण तटीय क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको अधिकारीहरूले बताएका छन्।



















प्रतिक्रिया