प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिनुभएको हो । सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै देशको समग्र राजनीतीक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यङ्ग्य…