अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा विशेष कार्यक्रमबीच पुस्तक विमोचन भएको छ । पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएको अभिनेता हमालले जानकारी दिए । राजनीति, धर्म, केही मनोविज्ञानका कुरासमेत पुस्तकमा समेटिएको…