काठमाडौं ।पहिरोका कारण अवरुद्ध हुँदै आएको पृथ्वीराजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआए दिउँसो १ बजेदेखि राजमार्गमा सबै प्रकारका सवारीसाधन दोहोरो रूपमा सञ्चालन हुनेछन्। विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि केही दिनयता पृथ्वीराजमार्गमा एकतर्फी रूपमा मात्र सवारी आवागमन भइरहेको छ। सडकमा रहेका…