Logo

प्रमुख समाचार

धरौटीमा रिहा हुने आदेश पाएका शंकर अग्रवाल फेरि थुनामा



काठमाडौं । बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई थुनामै राख्ने आदेश दिएको हो। आदेशसँगै अग्रवाललाई पुनः कारागार चलान गरिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले भदौ ३१ गते उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सर्वोच्चले अग्रवालको बैंकिङ कसुरमा प्रत्यक्ष भूमिका देखिने आधार नरहेको उल्लेख गर्दै उनको उमेर र स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखेर धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर, विशेष अदालतले मंगलबार गरेको आदेशपछि सर्वोच्चको उक्त आदेशअनुसार धरौटीमा रिहा भएका अग्रवाल पुनः न्यायिक हिरासतमा पुगेका छन्।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार २१:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।