काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते गर्ने भएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ ।
कांग्रेसका वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन् ।
तर देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ ।
निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको हो।




















प्रतिक्रिया