काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला सरकारको ध्यान विपद् व्यवस्थापनभन्दा अन्यत्र मोडिएको आरोप लगाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले पछिल्लो चार दिनको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। उनले प्रभावित…